७ जेठ, २०८१ सोमबार

03:00:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जगदम्बा मोटर्सको ‘टोखामी अटो हब’ सञ्चालनमा

Nepal Business

९ साउन, २०७९

जगदम्बा मोटर्सको ‘टोखामी अटो हब’ सञ्चालनमा

काठमाण्डौं । नेपालमा टीभीएस दुई पाङग्रेको एकमात्र वितरक जगदम्बा मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाण्डौंको टोखा–३, स्थुलिस्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको हो । 

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो। 

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भन्नुभयो, ‘टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ । टीभीएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको छ ।’