१७ बैशाख, २०८१ सोमबार

05:15:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

८ साउन, २०७९

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३ सय ६० जनाको पीसीआर परिक्षण गर्दा ३०३ र  १ हजार ५ सय २८ जनाको एन्टीजेन परिक्षण गर्दा ४४ गरी थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८८८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ७८ हजार २२८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार १७७ जना रहेका छन् ।