७ जेठ, २०८१ सोमबार

01:07:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिन्द्राद्धारा पाँचवटा इलेक्ट्रिक एसयूभीहरुको टिजर सार्वजनिक

Nepal Business

८ साउन, २०७९

महिन्द्राद्धारा पाँचवटा इलेक्ट्रिक एसयूभीहरुको टिजर सार्वजनिक

काठमाण्डौं।  महिन्द्राले पाँचवटा इलेक्ट्रिक एसयूभीहरुको टिजर सार्वजनिक गरेको छ । कम्पनीले उक्त इलेक्ट्रिक एसयूभीलाई आगामी अगष्ट १५ मा सार्वजनिक जानकारी दिएको हो । 

यो सबै एसयूभीहरु ‘बर्न इलेक्ट्रिक प्लाटफर्म’मा निर्माण गरिएको छ भने ४ वटा मोडल कुप–एसयूभी बडी स्टाइलमा डिजाइन गरिएको छ । एउटा मोडल हालको फ्ल्यागसिप एक्सयूभी ७०० रहेको छ।

कम्पनीका अनुसार यसको टिजरमा यूकेको महिन्द्रा एडभान्स्ड डिजाइन यूरोप (मेड) को स्टुडियोमा आधारित रहेर काम गरेको देखाएको छ । यसमा ‘बर्न इलेक्ट्रिक ट्यागलाइन’ का साथ सबै एसयूभीइभीको ग्राउन्ड अपमा डिजाइन गरिएको छ भने डेडिकेटेड इलेक्ट्रिक भेहिकल प्लाटफर्ममा आधारित छ ।

यसभन्दा अघि पनि महिन्द्राले इलेक्ट्रिक इ टुओ, इ टुओ प्लस र इ–भेरितो बिक्री गरिसकेको छ। यसमा अगाडि पछाडिको दुबैको सी–शेप्डमा एलइडी सिग्नेचर बत्तीहरु राखिएको छ ।

यस्तै कम्पनीले एक्सयूभी३०० लाई एक्सयूभी ४०० एसयूभी इलेक्ट्रिकमा ल्याउन लागेको छ ।