२६ बैशाख, २०८१ बुधबार

07:59:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा बजार अनुगमन

२९ पुस, २०७८

वाणिज्य आपूर्ति तथा उपभोक्ता  संरक्षण विभाग र लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा बजार अनुगमन

रुपन्देही
मापदण्ड विपरीत कारोबार गर्दै आएका  पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता  संरक्षण विभागले कारबाही गर्न थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसल कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा खरिद बिल नभएका कक्रहवास्थित राजीन्द्र कोल्ड स्टोरलाई ५ हजार,  दीपक मदिरा पसललाई ५ हजार , महिमा फेन्सी स्टोरलाई ५ हजार, रीता टे«ड एण्ड सप्लायर्सलाई १० हजार  जरिवाना गरिएको कार्यालयका प्रमुख टेकराज भट्टराईले बताउनु भयो । 

कार्यालयले बजार अनुगमनका क्रममा करिब  १२ हजार ८ सय ९० का म्याद सकिएको सामग्रीसमेत फेला पारी नष्ट गरेको थियो । अनुगमनका क्रममा मिनरल वाटरका बोटलमा राखेर अनाधिकृत रुपमा  पेट्रोल बेच्नेलाई समेत कारबाही गर्न थालेको छ । 

लुम्बिनीदेखि दक्षिणी क्षेत्रमा रहेको उक्त नाकामा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि कालोबजारी र अवैध क्रियाकलाप रोकिएको छैन । बजार अनुगमनलाई नगरपालिका क्षेत्रमा  पनि कडाइ गर्न थालिएको जनाइएको छ ।
रासस