१६ चैत, २०८० शुक्रबार

06:30:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलायो

Nepal Business

२१ असार, २०७९

सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलायो

काठमाण्डौं । सरकारले स्थानीय समुदाय, महिला तथा संघीयता विरोधी वन नियमावलीलाई स्वीकृत गरेर राजपत्र प्रकाशित गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले नियमावली जलाएका छन् ।

मंगलबार वन परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले नियमावलीको प्रति जलाएका हुन् । उनीहरुले वन नियमावली नीतिगत भ्रष्टाचार बढाउने गरि आएको, सामूदायिक वन सातौ कार्यशाला गोष्ठीको घोषणापत्र विपरित आएको र वन ऐन २०७६ समेत विपरितको भएको भन्दै वन नियमावली खारेज गर्न माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन नियमावलीको विषयमा महासंघले दिदैँ आएको सुझावको विपरित नियमावली आएको आरोप लगाउनुभयो । संविधान विपरित नियमावली आएको र यसले वन उपभोक्ता समूहको अधिकारलाई कुण्ठित गरेको उहाँले बताउनुभयो ।

उहाँले सवै अधिकार संघीय सरकारले लिने गरि ल्याएको नियमावली कुनै हालतमा मान्य नहुने स्पष्ट पार्नुभयो ।