१६ चैत, २०८० शुक्रबार

06:01:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरी जंगलमा हराएका ३ विदेशीको उद्धार

Nepal Business

१२ असार, २०७९

उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

चन्द्रागिरी जंगलमा हराएका ३ विदेशीको उद्धार

काठमाण्डौं । काठमाण्डौं स्थित चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो ।

टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक खण्डदेखि १०० मिटर तल भिरमा फसेको अवस्थामा उद्धार गरेको हो ।

उनीहरुलाई डोरीको सहायतले सुरक्षित स्थानमा ल्याएर साथीहरुको जिम्मा लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

उनीहरुमा अमेरिका पोटोरिको घर भएका ३४ वर्षका डग्लस रो, भारत चण्डीगढका ३० वर्षका नवप्रित डिलोन र भारत मुम्बईका २९ वर्षका माधव गुप्ता रहेका छन् ।