१७ असोज, २०८१ बिहिबार

11:43:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह

Nepal Business

१३ असार, २०७९

विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने समितिको निर्णयमा भनिएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह

काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भन्नुभयो, वर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए । अहिले पनि बढ्न सक्ने खतरा छ । यस विषय गम्भिर हुन सरकारलाई आग्रह गरिएको छ । 

समितिमा औषधिको मूल्यवृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नेपालमै औषधि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सांसदहरुको सुझावलाई पनि समितिले निर्णयमा समेटेको छ । विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने समितिको निर्णयमा भनिएको छ ।

समिति सदस्य नविना लामाले ब्राण्डको नाममा गुणस्तरहीन औषधिको प्रयोग भइरहेको भन्दै सरकारको आलोचना गर्नु भएकोे थिए ।