१४ बैशाख, २०८१ शुक्रबार

05:31:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामाजिक सुरक्षा कोषबाट योगदानकर्तालाई १ अर्ब ४३ करोड दाबी भुक्तानी

Nepal Business

४ असार, २०७९

जेठ मसान्तसम्म कोषमा ३ लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् ।

सामाजिक सुरक्षा कोषबाट योगदानकर्तालाई १ अर्ब ४३ करोड दाबी भुक्तानी

 काठमाण्डौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई करिब डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १ अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई  १९ करोड ४५ लाख ६ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत १ करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई ३ करोड ३ लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई १ अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।

कोषले योगदानकर्तालाई ४ वटा सुविधा उपलब्ध गराउँदै आएको छ । विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । 

यसरी जम्मा गरिएको योगदान रकममध्येबाट १ प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् ।

कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । जेठ मसान्तसम्म कोषमा ३ लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । उक्त अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।