१२ असार, २०८१ मंगलबार

09:26:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आकासिदो बजार मूल्यका कारण जनजीवन प्रभावित

Nepal Business

२८ जेठ, २०७९

विश्वव्यापी खाद्य संकट चुलिने आकलन गरेर भारतले गहुँ निर्यातमा रोक लगाएको थियो ।

आकासिदो बजार मूल्यका कारण जनजीवन प्रभावित

 काठमाण्डौं । पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको छ । कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको हो । रुस–युक्रेन युद्धले विश्वभरि नै बजार भाउ निकै अकासिएको पाइन्छ । 

विश्वव्यापी खाद्य संकट चुलिने आकलन गरेर भारतले गहुँ निर्यातमा रोक लगाएको थियो । यस्तो समस्याबाट जोगिने उपाय स्वदेशमै उत्पादन नबढाउनुको विकल्प देखिदैन । देशभित्र रहेको कृषियोग्य भूमि पूरै उपयोग गर्न सकेमा कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकिने मन्त्री बडुले बताउनु भयो । 

कोभिडको प्रभाव कम हुँदै गएर एक्कासि बजारमा माग बढ्दा मूल्यवृद्धिमा चाप परेको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)ले बताएको छ ।

रुस–युक्रेन युद्ध सुरु नहुँदै मूल्यवृद्धिको चाप पर्न गएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनु भएको छ । हाल खाद्य तथा इन्धन संकटको प्रभाव विश्वकै अर्थतन्त्रमा परेको छ, उहाँले भन्नुभयो, हामीले पनि साढे ७ प्रतिशतको मूल्यवृद्धि व्यहोर्नुपरेको छ ।

तर, नेपालमा जतिसुकै मूल्य बढ्दासमेत उपभोग घट्न नसकेको उहाँ बताउनु हुन्छ । कोरोनापछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा विश्वकै अर्थतन्त्रमा असन्तुलन देखिन पुगेको हो । 

अहिले अमेरिकामा मूल्यवृद्धि ४० वर्षपछिकै सबैभन्दा उच्च ८.३ प्रतिशत पुगेको पाइएको छ  । भारतमा झन्डै ८ प्रतिशत, टर्कीमा ७० प्रतिशत, युरोपमा ५ प्रतिशत र नेपालमा पनि चैतसम्म आइपुग्दा मूल्यवृद्धि दर ७.२ प्रतिशत पुगेको छ । 

कोभिडको प्रभाव कम हुँदै गएर एक्कासि बजारमा माग बढ्दा मूल्यवृद्धिमा चाप परेको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)ले बताएको छ । विश्वमै ऊर्जा, मल र खाद्यान्नको मूल्य समानान्तर रूपमा बढ्दै गइरहेको बताइएको छ ।

यदि खाद्य संकट हुने अवस्था आएमा त्यसलाई अवसरका रूपमा लिँदै देशभित्रै उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने संस्थाले सुझाएको छ । 

नेपालमा कुल आयातको करिब १५ प्रतिशत हिस्सा इन्धनको छ ।

पछिल्लो समय इन्धनको मूल्य बढ्दा ढुवानी र उत्पादनमा लागत बढ्न गई बजार भाउ उच्च भएको हो । कोभिडपछि विश्व नै तंग्रिन खोज्दा बजारमा चाप पर्दै गइरहेको अवस्थामा रुस–युक्रेन युद्धले मूल्य वृद्धिमा थप सहयोग पुु¥याइदियो ।

कोभिडको प्रभाव, रुस र युक्रेन युद्ध, अमेरिकी डलरसँगको विनिमय दरका कारण नेपालमा पनि मुद्रास्फीति, खाद्यान्न, ऊर्जा, वैदेशिक व्यापार र विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने देखिएको छ । यस संकटलाई पार लगाउन हामीले पूर्वतयारी गर्नु आवश्यक छ ।

निरन्तर रुपमा बढेको इन्धनको मूल्यका कारण ढुवानी खर्च, औद्योगिक एवं कृषि मेसिन उपकरणको सञ्चालन खर्च वृद्धि हुन पुग्यो । नेपालमा वार्षिक करिब ६ लाख मेट्रिकटन खाद्यान्न अपुग हुने कृषि मन्त्रालयको तथ्यांक छ ।

कोभिडको प्रभाव, रुस र युक्रेन युद्ध, अमेरिकी डलरसँगको विनिमय दरका कारण नेपालमा पनि मुद्रास्फीति, खाद्यान्न, ऊर्जा, वैदेशिक व्यापार र विदेशी मुद्रा सञ्चितिमा चाप पर्ने देखिएको छ । 

विश्वव्यापी रूपमा खाद्यान्न आपूर्तिमा आइरहेको समस्याले समेत नेपालमा खाद्यान्न संकट निम्तिन सक्ने अवस्थालाई नेपालले मध्येनजर गर्न ढिला गर्नु हुँदैन । 

विद्यमान खाद्य तथा ऊर्जा संकट र बढ्दो मूल्यवृद्धि न्यूनीकरणका लागि इन्धन व्यवस्थापन, कृषिको इकोसिस्टम सुधार कार्ययोजना, मुलुकको अर्थतन्त्रले तत्काल भोगिरहेको तरलता र बाह्य क्षेत्रको चापको समाधानमा केन्द्रित हुनुपर्ने सुझाव आम मानिसले दिएका छन् ।  

नेपालमा कुल आयातको करिब १५ प्रतिशत हिस्सा इन्धनको छ । यदि नेपालले विद्युत आयोजना निर्माणलाई तीव्रता दिनुका साथै विद्युतीय उपकरणको उपयोग बढाउँदा इन्धन आयात घटाउन सकिने छ ।

इलेक्ट्रिक सवारीसाधनलाई सार्वजनिक यातायातको मुख्य साधनका रूपमा प्रयोग बढाउनु आजको आवश्यक्ता हो ।  

सरकारले कृषकलाई ब्याज अनुदान, करार खेती ऐन, खाद्यान्न प्रशोधन गर्ने उद्योगलाई सहुलियत ऋण, खाद्यान्न भण्डारणदेखि समयमा मल तथा बिउ उपलब्ध गराउने जस्ता कार्यहरुले उत्पादन बढ्न गई बजार मूल्य स्वत नियन्त्रित बन्न पुग्दछ ।