२२ बैशाख, २०८१ शनिबार

03:13:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

६ साउन, २०७९

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

काठमाडौं । सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना(एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त   हुनुभएको छ। शुक्रबार राष्ट्रपति रनिल विक्रमासिंघेले गुणावर्धनेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । गुणावर्धनेले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

६ पटकसम्म प्रधानमन्त्री बन्नुभएका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बन्नुभएको हो । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बन्नुभएको थियो । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको थियो।