१० मंसिर, २०८१ सोमबार
01:55:45 PM
४ साउन, २०७९
काठमाण्डौं । चालु आर्थिक वर्ष सुरु भएदेखि सेयर बजार बढिरहेको छ । तर जुन रुपमा सेयर बजारमा सुधार आउनुपर्ने हो, त्यस्तो सुधार नभएको लगानीकर्ताहरुको भनाइ छ । लगानीकर्ताहरुका अनुसार सेयर बजारमा दिर्घकालिन सुधारका हिसाबले अगाडि बढ्नुपर्छ ।
पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले सेयर बजारको दिर्घकालिन स्थायित्वको लागि लागि पर्र्नुपर्ने बताउनुभयो । त्यसका लागि सरोकारवाला संस्था वा निकायले गर्नुपर्ने भुमिका र रणनितीको बिषयमा बैंक तथा बितीय संस्था परिसंघ (सिबिफिन)का पदाधिकारीसँग छलफल गरिएको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले सेयर बजारमा लगाएको ४÷१२ को नीतिका कारण लगानीकर्ता मारमा परेको लगानीकर्ताहरुको भनाइ छ।