२० बैशाख, २०८१ बिहिबार

08:17:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

Nepal Business

४ साउन, २०७९

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । उहाँले १३४ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिद्धन्द्धीले ८२ मत प्राप्त गर्नुभएको थियो । 

श्रीलंका पनि आर्थिक संकटका कारण राजनीतिक अस्थिरताको सामना गरिरहेको छ । यस्तो अवस्थामा छिमेकी देश भारतलाई लिएर धेरै कुराहरु भइरहेका छन् ।

श्रीलंकास्थित भारतीय उच्चायोगले यी विषयमा स्पष्टिकरण जारी राखेको छ । पछिल्ला केही महिनामा भारतले श्रीलंकामा सेना पठाउने र त्यहाँका नेताहरूलाई शरण दिने विषयमा स्पष्टीकरण दिएको छ ।

बुधबार फेरि एकपटक, श्रीलंकास्थित भारतीय उच्च आयोगले ट्वीट गर्दै श्रीलंकाको संसदमा राष्ट्रपति चयन प्रक्रियामा भारतले प्रभाव पारेको मिडिया रिपोर्टलाई खारेज गरेको छ ।