७ जेठ, २०८१ सोमबार

04:26:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लेभ्लिंग ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

Nepal Business

४ साउन, २०७९

लेभ्लिंग ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा

काठमाण्डौं । लेभ्लिंग ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम जनकपुरमा सञ्चालनमा ल्याएको छ ।  जनकपुर को ४ बिश्वकर्मा चोक रोडमा रहेको आफ्नो लेभलिंग शोरुमबाट बुधबार पत्रकार सम्मलेन सहित नयाँ शोरुम उदघाटन गरिएको छ । 

उद्घाटनमा मिस इन्टरनेसनल २०१७ को विजयी नीति साह र जनकपुर उपमहानगरपालिकाको मेयर  मनोज कुमार साहले उक्त शोरुमको उद्घाटन गर्नुभएको हो । 

लेभ्लिंग स्कूटरको जनकपुरको लागी आधिकारिक बिक्रेता इन्द्रेणीअटोमोबाइल घोषणा भएको छ । लामो समयदेखि विश्व प्रसिद ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मित, सामसुङ ब्राण्डको लिथिएम ब्याट्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । 

लेभ्लिंग ब्राण्ड स्कुटरको नेपालि व्यवसायिक घरानामा ३० बर्षदेखि बजरमा परिचित  बज्र ग्रुप हो  । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्रि वितरण गर्दै आइरहेको छ । बज्र ग्रुप अन्तर्गत इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंगस्कूटर लामो समयदेखि बिक्रि बितरण गर्दै आइरहेको छ ।