७ मंसिर, २०८१ शुक्रबार
12:21:52 PM
४ साउन, २०७९
काठमाण्डौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार बुधबार पनि बन्द रहेको छ । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।
यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था रहेको छ । मंगलबार पनि अर्डर म्याच नहुँदा कारोबार भएको थिएन ।
अब बिहीबार कारोबार म्याच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम २ लाख ७ हजार कित्ता सेयर सोमबार सूचीकृत भएको थियो ।
नेप्सेले आदर्शको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाभित्र रहेर हुनेछ । ‘एडीएलबी’ संकेतमा यसको सेयर कारोबार खुला हुनेछ ।