७ मंसिर, २०८१ शुक्रबार
12:22:00 PM
४ साउन, २०७९
काठमाण्डौं । नेपाल एसबिआई बैंकले जारी गरेको ऋणपत्रको खरिद गर्ने बुधबार अन्तिम दिन रहेको छ। बैंकले असार २२ गतेबाट जारी गरेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामक ऋणपत्रको बिक्री कार्य बुधबार बन्द हुँदैछ ।
आज बैंकिङ समय पश्चात उक्त ऋणपत्रको बिक्री कार्य बन्द हुने छ । तसर्थ ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । बैंकले असार २२ गतेबाट ५ वर्षका लागि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जसमध्य १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्तामा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
बैंकले सर्वसाधरणका लागि जारी गरेको ऋणपत्रमा हालसम्म प्रयाप्त आवेदन परेको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म उक्त ऋणपत्रमा ३ हजार ५९७ आवेदकले ४४ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ७५ कित्ताका लागि आवेदन दिएका छन् ।
हालसम्म कुनैपनि सामुहिक लगानी कोषबाट आवेदन प्राप्त नभएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । त्यसबाहेक १ अर्ब ८० करोडल रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुलाइएको छ । वार्षिक १०.२५ प्रतिशत व्याजदर भएको उक्त ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १००० का दरले बिक्री भइरहेको छ ।