९ मंसिर, २०८१ आइतबार
04:00:23 AM
४ साउन, २०७९
काठमाडौं । गत आर्थिक वर्ष २०७८÷७९ मा ३ खर्बभन्दा बढिको इन्धन आयात भएको छ । एक वर्षको अवधिमा नेपालले ३ खर्ब १० अर्ब १८ करोड १६ लाख ७६ हजार रुपैयाँ बराबरको इन्धन आयात गरेको हो ।
नेपाल आयल निगका अनुसार यस अवधिमा सो मूल्य बराबरको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टितेल र ग्यास) आयात भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा एक खर्ब ५८ अर्ब रुपैयाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले पेट्रोलियम पदार्थको आयात बढेको हो ।
निगमका अनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै १७ लाख ४० हजार ९८६ किलोलिटर डिजेल आयात भएको छ ।
पेट्रोल सात लाख ३७ हजार ३१२ किलोलिटर, हवाई इन्धन एक लाख ५७ हजार ५७२ किलोलिटर आयात, मट्टितेल १७ हजार २८० आयात र खाना पकाउने एलपी ग्यास पाँच लाख ३६ हजार ५६६ मेट्रिक टन आयात भएको आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार एक वर्षमा डिजेल दुई प्रतिशत, पेट्रोल २४ र ग्यास १३ प्रतिशतले खपत बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य निरन्तर उकालो लागेका कारण दोब्बर परिणामको इन्धन आयात भएको निगममले जनाएको छ ।
यस्तै यसमा रुस–युक्रेनको युद्धको पनि कारण छ । युद्धकै कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर आयात भएको आयल निगमले जनाएको छ ।