२१ बैशाख, २०८१ शुक्रबार

05:38:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साल्ट ट्रेडिङको ६० औं स्थापना दिवस सम्पन्न

Nepal Business

२९ भदौ, २०७९

साल्ट ट्रेडिङको ६० औं स्थापना दिवस सम्पन्न

काठमाण्डौं । साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडले आफनो ६० औं स्थापना दिवस मनाएको छ । कर्पोरेशनले कालिमाटीस्थित आफनो केन्द्रिय कार्यालय परिसरमा एक समारोहको आयोजना गरि स्थापना दिवस सम्पन्न गरेको हो । 

समारोह कार्यक्रम कर्पोरेशनका संचालक समितिका सदस्य एवम् नेपाल सरकारका सहसचिव डा. नारायण प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आम उपभोक्ताहरुको हितलाई केन्द्रमा राख्दै व्यवसायिक क्रियाकलाप गर्दै आएको बताउनुभयो हो । 

उहाँले कर्पोरेशनले आम जनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउदै गराउने लक्ष्य लिई आफनो सेवा सेवा प्रारम्भ गरेको ५९ बर्ष पुरा गरेको बताउनुभयो । 

उपभोक्ताको सेवामा सदैव सकृय रहि आएको र भविष्यमा पनि अझ सकृय रहने प्रतिबद्धता व्यक्त गर्दै कर्पोरेशनले आफनो प्रतिबद्धता अनुसार आम जनतालाई सुपथ एवम् सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरुको उपलब्धतालाई निरन्तरता प्रदान गरिने छ ।

यस्तै सोही अवसर माझ कर्पोरेशनमा २० बर्ष सेवा अवधि पुरा गरेका माया बिमली र सन्तोष सिग्देललाई दिर्घसेवा पदकबाट सम्मानित गरिएको थियो । 

उपत्यका बाहिरकालाई कार्यालय मार्फत प्रदान गरिएको जानकारी गराईएको थियो । कार्यक्रममा कर्पोरेशनका संचालक समिति सदस्य, सेयरधनी, पूर्व सचिव, उपभोक्ता अधिकारकर्मी, कर्पोरेशनका कर्मचारी परिवार, डिलर तथा पत्रकार लगायतका उपस्थिती रहेको थियो ।