१७ बैशाख, २०८१ सोमबार

09:53:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

३ साउन, २०७९

थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा गत २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ५७ पीसीआर र १५ सय एन्टीजेन परिक्षण गर्दा ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा निको भएर घर जानेको संख्या ६२ रहेको छ भने १ हजार ९ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् । 

स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको ज्यान नगएको जानकारी दिएको छ ।