७ जेठ, २०८१ सोमबार

03:40:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टाटा विङ्गर बीएस ६ नेपाली बजारमा

Nepal Business

२ साउन, २०७९

टाटा विङ्गर बीएस ६ नेपाली बजारमा

काठमाण्डौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बीएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘प्रिमियम टफ’ ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।  

२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस ६ को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कमइन्धनखपत गरी उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ ।

हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोककच्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ । ‘टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहनुभएको छ । कमभन्दा कम खर्चमा आफ्नो व्यापार÷व्यवसाय अभिवृद्धि गर्न चाहनेहरुको लागि अत्यन्त उपयोगी छ।

सिप्रदी ट्रेडिङ्गले दशकौदेखि उल्लेखनीय प्रतिबद्धताका साथ  टाटाका गाडीहरुको बिक्री वितरण र सम्बन्धित सेवाहरु प्रदान गरिरहेको छ । 

‘टाटा विङ्गरलेयस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतःविश्वस्त छौं’, टाटा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिट अन्तर्गतको इन्टरनेसनल बिजनेस एण्ड स्ट्र्याटिजीका उपाध्यक्ष अनुराग मेह्रोता बताउनुहुन्छ । 

यहाँले उत्कृष्ट कार्य क्षमता भएको अत्यन्त भरपर्दो उत्पादन मार्फत ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने टाटाको विरासतलाई यस विङ्गरले प्रतिनिधित्व गर्ने बतानउनुभयो । 

त्यसैगरी सिप्रदी ट्रेडिङ्गप्रा.लि.का कार्यकारी अध्यक्ष सिद्धार्थ शमसेर राणा भन्नुहुन्छ, ‘नेपालकै एक प्रतिष्ठित ब्राण्डको रुपमा हामीले सदैव आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवाहरु प्रदान गरिरहेका छौं । टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादनतथा सेवाहरु हामीले विगत केही दशकदेखि नेपाली ग्राहकहरुलाई प्रत्याभूति गरिरहेका छौ ।’

यसै सन्दर्भमाहामीले अहिले बिक्री वितरण आरम्भ गरेको विङ्गर विभिन्न प्रयोजनहरुको लागि अन्त्यन्त उपयुक्त हुनु साथै कार्य क्षमताको दृष्टिकोणले पनि अब्बल भएको कम्पनीको दावी छ । 

यसले छोटो समयमा नै नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने कम्पनीको विश्वास छ । सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ।  

गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सनतथा सप्रेसन सिस्टम एवं फगल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन्।