२० बैशाख, २०८१ बिहिबार

11:36:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकामा संकटकाल घोषणा

२ साउन, २०७९

श्रीलंकामा संकटकाल घोषणा

कोलम्बो । श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघलले आज (सोमबार) बाट लागू हुने गरी संकटकालको घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा उक्त ठाउको नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ ।

श्रीलंकाली संसदले जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको छ । त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको सभामुखले जानकारी  दिनुभएको छ । राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर गएपछि संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको हो ।

श्रीलंका पछिल्लो समयमा आर्थिक संकटमा फसेको छ । देश आर्थिक संकटमा फसेसँगै राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।