७ मंसिर, २०८१ शुक्रबार
01:53:45 AM
२ साउन, २०७९
काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीहरको लिस्टमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन् । २०७९ असार ३२ गतेसम्ममा धेरै कर तिर्ने बैंकहरुको पहिलो नम्बरमा एनआइसी एशिया बैंक रहेको छ । एनआईसी एसिया समग्र सबैभन्दा बढि कर तिर्ने कम्पनीहरुको सुचिमा छैठौ नम्बरमा रहेको छ ।
गत आर्थिक बर्षमा बैंकले ३ अर्ब ४१ करोड कर रकम दाखिला गरेको छ ।आर्थिक वर्ष २०७८।७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रा.लि रहेको छ। कम्पनीले १० अर्ब ७२ करोड कर दाखिला गरेको छ ।
यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो। तेस्रो नम्बरमा आजियाटा (एनसेल) परेको छ ।
कम्पनीले गत आवमा ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थान रहन सफल भएको हो । यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ। कम्पनीले ५ अर्ब ६९ करोड कर तिरेको छ।
पाँचौ नम्बरमा नेपाल विद्युत प्राधिकरण रहेको छ । प्राधिकरणले गत आर्थिक बर्षमा ३ अर्ब ९५ करोड कर दाखिला गरेको हो । यसैगरी नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ।
आठौं नम्बरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । बैंकले गत आर्थिक बर्षमा ३ अर्ब १७ करोड कर दाखिला गरेको छ । सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ। बैंकले २ अर्ब ७७ करोड कर तिरेको छ।
भने दशौं नम्बरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ। बैंकले गत आर्थिक बर्षमा २ अर्ब ६५ करोड कर दाखिला गरेको छ ।