१३ बैशाख, २०८१ बिहिबार

10:40:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब बिओके बैंकका ग्राहकहरुले बर्गर हाउसमा १२ प्रतिशत छुट पाउने

Nepal Business

७ भदौ, २०७९

अब बिओके बैंकका ग्राहकहरुले बर्गर हाउसमा १२ प्रतिशत छुट पाउने

काठमाण्डौं । बैंक अफ काठमाण्डू र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १२ प्रतिशतसम्म छुट पाउन् भएका हुन् ।

उक्त छुट पाउनका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।