१३ बैशाख, २०८१ बिहिबार

08:03:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी कमर्सियल बैंक र जंगलभिल्ला रिसोर्ट, चितवन तथा त्रिसाराबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

३१ भदौ, २०७९

सेञ्चुरी कमर्सियल बैंक र जंगलभिल्ला रिसोर्ट, चितवन तथा त्रिसाराबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगलभिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाण्डौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगलभिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाण्डौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

जंगलभिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगलभिल्ला रिसोर्टका तर्फबाट बजार प्रमुख सुहानी गिरिले हस्ताक्षर गर्नुभयो ।

साथै त्रिसारा, काठमाण्डौंमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याकट्रीमा समेत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाण्डौंका तर्फबाट प्रबन्ध निर्देशक शोभनविर मालाकारले हस्ताक्षर गर्नुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।