१३ बैशाख, २०८१ बिहिबार

01:23:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिस प्रालिबीच सरल भुक्तानीका लागि सम्झौता

Nepal Business

२९ भदौ, २०७९

सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिस प्रालिबीच सरल भुक्तानीका लागि सम्झौता

काठमाण्डौं । सनराइज बैंक र गेट वे पेमेन्ट सर्भिस प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्नो सेवा तथा सुविधा विस्थार गर्न सो कम्पनीसँग सम्झौता गरेको हो । 

मंगलबार सनराइज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक रवीन नेपाल र गेट वे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौता पत्र आदानप्रदान गर्नुभएको हो । 

सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ । सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेको बैंक खातामा सोझै रकमान्तर गर्न सक्ने छन् ।

भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंक कै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकको छ ।