६ मंसिर, २०८१ बिहिबार
07:22:46 PM
१ साउन, २०७९
काठमाण्डौं । नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परिक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।