६ मंसिर, २०८१ बिहिबार
08:12:05 PM
३२ असार, २०७९
नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ९०७ रहेको छ ।
काठमाडौँ,
देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ९०७ रहेको छ ।
पछिल्लो समय थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९७५ पुगेको छ । यो दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ८२ हजार ९८९ जनाले खोप लगाएका छन् ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३८५ रहेको छ । जसमध्ये होमआइसोलेशनमा एक हजार ३४४, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १७ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।