१८ बैशाख, २०८१ मंगलबार

08:28:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

३१ असार, २०७९

थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परिक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् ।

 हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।