२५ बैशाख, २०८१ मंगलबार

02:33:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ लाखको राहत बढ्दा बागमती सरकारले खर्च गर्यो २८ लाख

Nepal Business

३१ असार, २०७९

१ लाखको राहत बढ्दा बागमती सरकारले खर्च गर्यो २८ लाख

काठमाण्डौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।

महालेखापरीक्ष कार्यालयको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको हो ।

सो ठाँउमा जान तत्कालीन मुख्यमन्त्रीसहितको टोलीले १२ पटक नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको थियो । यसको भाडा २५ लाख ६८ हजार रुपैयाँ उठेको छ । 

यस्तै सोही दिन टोलीले एक निजी कम्पनीको हेलिकप्टर ३ पटक प्रयोग गरिएको थियो । सोको भाडा ३ लाख भुक्तानी गरिएको महालेखापरीषकको प्रतिवेदनमा उल्लेख छ ।