८ मंसिर, २०८१ शनिबार

03:57:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णाली प्रदेशमा चिकित्सक माग, करारमा राखिँदै

२७ पुस, २०७८

कर्णाली प्रदेशमा चिकित्सक माग, करारमा राखिँदै

२७ पुस । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । 

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अस्पताल र लोकसेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएका स्वतः नरहने शर्त राखेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ । 

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, साताँै तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, साताँै तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरुको पारिश्रमिक तथा सेवा शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ ।