२० बैशाख, २०८१ बिहिबार

09:38:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाकामा राष्ट्रपतिले दिए पदबाट राजीनामा

३१ असार, २०७९

श्रीलंकाकामा राष्ट्रपतिले दिए पदबाट राजीनामा

काठमाडौं । देश छाडेर भाग्नुभएका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिनुभएको छ । श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका राजापाक्षेले त्यही बाट राजीनामा दिएको अन्र्तराष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

यसअघि उहाँले १३ जुलाई सम्ममा पदबाट राजीनामा दिने सभामुखलाई बताएका थिए । तर समयसीमा भित्र उहाँले राजीनामा नदीदा श्रीलंकाको अवस्था तनावग्रस्त बनेको थियो । गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिनुभएको छ ।