१५ चैत, २०८० बिहिबार

02:25:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

Nepal Business

३० असार, २०७९

मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’का बारररेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताउनुभयो ।

‘कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

कर्णली,

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा विहिबार ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

सुर्खेतको वीरेन्द्रनगरमा विहिबार ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’का बारररेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताउनुभयो । 

“अहिले पनि कर्णाली आउने जो कोही व्यक्तिले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ छैन भनेर गुनासो गरेको सुनिन्छ”, उहाँले भन्नुभयो, “यस्ता सुविधासम्पन्न होटल खुल्दा स्वयं लगानीकर्ता व्यवसायी मात्र मुनाफा नभई समग्र प्रदेशको विकासमा धेरै मद्दत पुग्दछ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष निरक केसीले सुविधासम्पन्न होटल रेष्टुराँले कर्णालीको पर्यटन विकासका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राख्नुभयो । 

कांगे्रसका जिल्ला नेता हरि विष्ट र पत्रकार ज्योति कटुवालले करिब रु तीन करोड लगानीमा उक्त बार सञ्चालनमा ल्याउनुभएको हो । 

बारका सञ्चालक विष्टले १५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र सुविधा थप विस्तार गर्दै जाने जानकारी दिनुभयो । उक्त अवसरमा मुख्यमन्त्री शाहीले समाजसेवी जयन्ती थापालाई सम्मान गर्नुभएको थियो ।