१४ बैशाख, २०८१ शुक्रबार

06:59:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वर्ल्डलिंकले जुम्लामा पनि पुर्यायो फाइबर इन्टरनेट, कर्णालीसँग संसार जोड्ने अभियान

Nepal Business

४ चैत, २०७९

मोबाइल सेवासमेत प्रभावकारी नभएको जिल्लाका विभिन्न ठाउँहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको बताउनुभयो ।

वर्ल्डलिंकले जुम्लामा पनि पुर्यायो फाइबर इन्टरनेट, कर्णालीसँग संसार जोड्ने अभियान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले कर्णाली अञ्चलको हिमाली जिल्ला जुम्लामा पनि फाइबर इन्टरनेट सेवा पुर्याएको छ । उसले जुम्लामा पहिलो पटक एफटीटीएच फाइबर इन्टरनेट सेवा प्रदान गरेको हो ।

वर्ल्डलिंककाअनुसार झण्डै पाँच वर्ष लामो प्रयासपछि गत असारबाट जुम्ला सदरमुकाममा फाइबर नेट सेवाको परीक्षण थालिएको थियो ।

वर्ल्डलिंककाअनुसार झण्डै पाँच वर्ष लामो प्रयासपछि गत असारबाट जुम्ला सदरमुकाममा फाइबर नेट सेवाको परीक्षण थालिएको थियो ।

मोबाइल सेवासमेत प्रभावकारी नभएको जिल्लाका विभिन्न ठाउँहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको बताउनुभयो ।

‘जुम्लामा वायरलेस इन्टरनेट थियो,अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं, संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पूरै कर्णालीमा पुर्‍याइनेछ,’ अध्यक्ष अग्रवालले बुधबारको कार्यक्रममा भन्नुभयो । उहाँले नाफा कमाउनुभन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहेको पनि बताउनुभयो । 

अग्रवालकाअनुसार वर्ल्डलिंक अब आफ्नो लगानी साझेदारसँग मिलेर देशभर पहुँच विस्तारमा थप काम गर्ने र अबको तीन वर्षमा ७० प्रतिशत जनतालाई उच्च गतिको इन्टरनेट पहुँचमा पुर्‍याउने छ ।

ठूला भनिएका मोबाइल सेवा प्रदायकको समेत सेवा नपुगेको प्रदेशमा दूरसञ्चारका लागि वर्ल्डलिंकले इन्टरनेट दिन पाए हामीलाई पनि गर्व लाग्ने थियो भन्ने भाव स्थानीयको रहेकाले हामीले जुम्लामा वायरलेस इन्टरनेट सेवा सुरु गरेको उहाँले बताउनुभयो ।

२०२१ मार्चमा  से फोक्सुण्डोमा वाइफाइ वायरलेस इन्टरनेट सेवा सुरु गरिएको थिउो। यो इन्टरनेट सेवा कर्णालीका मुख्यमन्त्रीमार्फत उद्घाटन गरिएको थियो । उहाँले पैसा भन्दा पनि कर्णालीमा इन्टरनेट विकास गरिनु पर्न भन्नेमा आफुहरु केन्द्रित रहेको पनि बताउनुभयो। 

सडक र पोल पुगेका ठाउँमा फाइबर सेवा विस्तार गर्न कठिन होइन । तर, निश्चित मात्रामा व्यापार हुने ठाउँमा यस्तो सुविधालाई निरन्तरता दिन कठिन कुरा हो । कर्णाली जस्तो कठिन भूगोलमा आउने बाढी पहिरो र हिमपातका कारण सेवामा हुने अवरोधलाई कम गर्नु सबै भन्दा कठिन रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले आफूहरुले बलियो टिम बनाएर यसलाई व्यवस्थापन गर्ने प्रबन्ध मिलाएका पनि जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशभरी नै विस्तारको लक्ष्य रहेको पनि बताउनुभयो ।

उहाँले नाफा कमाउनु भन्दा पनि सेवाको विस्तार र मानिसमा इन्टरनेटको पहुँच मात्रै स्थापित गर्ने योजना सुनाउनुभयो । कालान्तरमा यसले प्रतिफल पनि दिन्छ भन्नेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । उनले आगामी तीन वर्षमा लगानी बढाउँदै नेपालको करिब ७० प्रतिशत जनतालाई इन्टरनेटको पहुँचबाट जोड्ने दावी पनि गर्नुभयो ।