१५ बैशाख, २०८१ शनिबार

03:15:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषद बीच उद्यमशिलता विकाससम्बन्धी सम्झौता

Nepal Business

१९ माघ, २०७९

सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषद बीच उद्यमशिलता विकाससम्बन्धी सम्झौता

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक  र राष्ट्रिय युवा परिषद् बीच विहीबार काठमाडौंमा सम्झौता भएको छ । 

बैंकका अनुसार सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । 

बैंकका अनुसार सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंक, युवा परिषद् र पालिकाको त्रिपक्षिय सहकार्यबाट यो कार्यक्रम सञ्चालन हुने हुँदा कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताउनुभयो । 

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सहुलियतपूर्ण कर्जा प्रवाहकोे बारेमा प्रकाश पार्दै परिषद् र बैंक बीच लामो समयदेखि उद्यमशीलता विकासको लागि सहकार्य हुँदै आएको बताउनुभयो ।