९ मंसिर, २०८१ आइतबार
03:44:51 AM
३० असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप १ कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा सिभिल बैंकको कारोबार रोक्का भएको हो । हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा हिजो (बुधबार) हस्ताक्षर भएको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर प्राप्त गर्नेछन् । सम्झौतापछि नेप्सेमा आज (असार ३० गते, बिहीबार) देखि सिभिल बैंकको कारोबार रोक्का भएको छ ।