१८ बैशाख, २०८१ मंगलबार

07:58:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिन २६० जनामा संक्रमण पुष्टि

३० असार, २०७९

कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिन २६० जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २७ जनामा पीसीआर परीक्षण गर्दा २ सय १४ जना र १८ सय १७ जनामा एन्टिजेन परीक्षण गर्दा ४६ जना गरी थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।