२१ बैशाख, २०८१ शुक्रबार

08:07:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाका राष्ट्रपति राजपक्षले माल्दिभ्स पनि छाडे

Nepal Business

३० असार, २०७९

श्रीलंकाका राष्ट्रपति राजपक्षले माल्दिभ्स पनि छाडे

काठमाण्डौं । श्रीलंका छाडेका माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबय राजपक्ष त्यहाँबाट सिङ्गापुरतिर जानुभएको छ । बीबीसीका अनुसार उहाँ माल्दिभ्सबाट सिङ्गापुर जाने साउदी एअरलाइन्सको एउटा विमानमा चढेको बताइएको छ।

अभूतपूर्व आर्थिक संकटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उहाँ मंगलबार राति भागेर माल्दिभ्स पुग्नुभएको थियो । उहाँगै पत्नी र दुई अङ्गरक्षक पनि थिए।

राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।

यसअघि उहाँले बुधवारभित्र राजीनामा दिने बताउनुभएको थियो । तर उहाँले अहिलेसम्म औपचारिक रूपमा पदत्याग गर्नुभएको छैन ।