१२ बैशाख, २०८१ बुधबार

05:24:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किन विधेयकको मृत्यु गरिँदैछ सरकार ?

Nepal Business

२९ असार, २०७९

उहाँले समितिमा पर्याप्त छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने स्थिति हुँदाहुँदै ८० प्रतिशत प्रकिया पूरा गरिसकेको विधेयक फिर्ताको प्रस्ताव आउनुको अर्थ विधेयकको मृत्यु र विश्वविद्यालय जन्माउने सम्भावनाको अन्त्य हो भन्ने तर्क प्रस्तुत गर्नुभयो ।

किन विधेयकको मृत्यु गरिँदैछ सरकार ?

कर्णाली, 
कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । 

कर्णाली प्रदेशसभाको बुधबारको १०औँ अधिवेशनको २४औँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा गएर पर्याप्त छलफल भएका विधेयकलाई प्रदेश सरकारले अगाडि बढाउनुको साटो फिर्ता लिने काम गरेको बताउनुभयो । 

विधेयक फिर्ता लिने सरकारी प्रस्ताव अनपेक्षित, दुर्भाग्यपूर्ण र खेदजनक रहेको उहाँको भनाइ थियो ।

यस सम्मानित सदनबाट पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक खोस्न, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन र कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको अनुभूति भइरहेको छ । आफ्नै आँखा अगाडि कर्णाली समृद्धिका पिलरहरु ढलिरहेको दृश्य कसरी टुलुटुलु हेर्न सकिन्छ 

पूर्वमन्त्रीसमेत रहनुभएका सदस्य भण्डारीले भन्नुभयो, “यस सम्मानित सदनबाट पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक खोस्न, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन र कर्णाली नवप्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको अनुभूति भइरहेको छ । आफ्नै आँखा अगाडि कर्णाली समृद्धिका पिलरहरु ढलिरहेको दृश्य कसरी टुलुटुलु हेर्न सकिन्छ ?”

उहाँले समितिमा पर्याप्त छलफल गरेर विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने स्थिति हुँदाहुँदै ८० प्रतिशत प्रकिया पूरा गरिसकेको विधेयक फिर्ताको प्रस्ताव आउनुको अर्थ विधेयकको मृत्यु र विश्वविद्यालय जन्माउने सम्भावनाको अन्त्य हो भन्ने तर्क प्रस्तुत गर्नुभयो ।