१८ बैशाख, २०८१ मंगलबार

06:56:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना संक्रमितको संख्या २०० नाघ्यो, सक्रिय संक्रमितको संख्या १००५ पुग्यो

२९ असार, २०७९

कोरोना संक्रमितको संख्या २०० नाघ्यो, सक्रिय संक्रमितको संख्या १००५ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२ पीसीआर परीक्षण गर्दा १७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।