१८ बैशाख, २०८१ मंगलबार

09:35:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्न माग

२९ असार, २०७९

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्न माग

काठमाडौं । प्रतिनिधि सभामा कोरोना बीमा र स्वास्थ्य बीमाको कुरा उठेको छ ।  सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताउनुभएको हो । बुधबार प्रतिनिधि सभामा बोल्दै उहाँले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

उहाँले सरकारले स्वास्थ्य बीमाका भुक्तानी नदिँदा अस्पतालहरूले समस्या भोग्नु परेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमाको भुक्तानी पनि सरकारले नदिएर अस्पतालहरू परिसानमा परिरहेका छन्,’ , ‘यस्तो अवस्थामा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

विगत २।३ वर्ष अगाडीदेखि नै भुक्तानी गर्न बाँकी रहेको कोरोना बीमाको रकम र स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गर्नुपर्ने उहाँको माग रहेको छ ।