२१ बैशाख, २०८१ शुक्रबार

05:49:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकाका राष्ट्रपतिले छाडे देश

Nepal Business

२९ असार, २०७९

श्रीलंकाका राष्ट्रपतिले छाडे देश

काठमाण्डौं । श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेको बीबीले जनाएको छ । 

स्थानीय समयअनुसार पत्नी र एक जना गार्ड सहित गोटाबाय बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । 

यस्तै उहाँका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको छ । 

राष्ट्रपतिले १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उहाँ अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन्