१६ बैशाख, २०८१ आइतबार

02:45:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर

Purnima BK

२९ असार, २०७९

शाओमी नेपालको उपभोक्ताहरुलाई मनसुन अफर

काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली उपभोक्ताहरुका लागि ‘मनसुन अफर’ ल्याएको छ । शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो ५जीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२एक्स८ जीबी÷२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर ‘मनसुन अफर’ ल्याएको हो । 

यो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन रमी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् । 

यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो ५जीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र १९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

यस्तै ८जीबी/२५६जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १४९९ मा पाउन सक्नेछन् । 

एसेसरिज र तिनीहरुको छुट पछिको खरिद मुल्य