१८ बैशाख, २०८१ मंगलबार

12:14:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ८७३ पुग्यो

२८ असार, २०७९

एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ८७३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।