२० बैशाख, २०८१ बिहिबार

05:54:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

Nepal Business

२७ असार, २०७९

असार २५ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रायलका शीर्षकमाथि छलफल सकिएको छ ।

कर्णालीमा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकियो

काठमाडौँ,
यही असार २४ गतेदेखि सुरु भएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत प्रदेश सरकारका सबै मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ ।  

कर्णाली प्रदेशसभाको असार २४ गते बसेको १०औँ अधिवेशनको १९औँ बैठकदेखि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको थियो । 

कर्णाली प्रदेशसभाको असार २४ गते बसेको १०औँ अधिवेशनको १९औँ बैठकदेखि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको थियो । 
पहिलो दिन आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेशसभा सचिवलायमाथिको बजेटमा छलफल भयो । 

त्यस्तै असार २५ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रायलका शीर्षकमाथि छलफल सकिएको छ । 

असार २६ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयको शीर्षकमाथि छलफल सकिएको हो । 

आज सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश योजना आयोग र प्रदेश लोक सेवा आयोगका शीर्षकमाथि छलफल भयो ।