१५ बैशाख, २०८१ शनिबार

09:17:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीमा काँग्रेस, वुढानिलकण्ठमा एमाले, दाङ र सल्यानमा माओवादी वडामा विजयी

Nepal Business

३१ बैशाख, २०७९

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

गुल्मीमा काँग्रेस, वुढानिलकण्ठमा एमाले, दाङ र सल्यानमा माओवादी वडामा विजयी

काठमाण्डौ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी हुनुभएको छ । 

काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकाको वडा नं. १ को वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।

सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा ८०६ मत सहित माओवादीका डिल्लीबहादुर राना वडा अध्यक्षमा विजयी हुनुभएको छ । 

 


एमालेलाई सुरुवाती अग्रता, एमाले २ काँग्रेस १ पालिकामा विजयी  
काठमाण्डौ ।  मतगणताको प्रारम्भिक नजिता आउनेक्रम सुरु भएको छ । सुरुवाती परिणाम अनुसार नेकपा एमालेले २ पालिकामा विजयी हासिल गरेको छ भने काँग्रेसले १ स्थानमा विजयी हासिल गरेको छ । विभिन्न पालिकाको प्रारम्भिक नजिता आईरहेका छन् । यसबारे हामी निरन्तर जानकारी दिँदै जानेछौं । 
नेकपा एमालेले मनाङ र मुस्ताङमा विजयी हासिल  गरेको छ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी हनुभएको छ । घले यस अघि पनि पालिका अध्यक्ष हुनुहुन्थ्यो । 

घले ३ सय २० मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभएको छ । चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ ।  एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाउनुभयो । 

यसैवीच मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी हुनुभएको छ ।
यसैगरी मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् ।
शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।
निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।