१८ बैशाख, २०८१ मंगलबार

07:59:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए १६८ जना संक्रमित

२७ असार, २०७९

बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए १६८ जना संक्रमित

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जना गरी थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको

यो सँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार १२४ पुगेको छ ।