७ मंसिर, २०८१ शुक्रबार

06:18:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४/१२ करोड नीतिमा बोल्न मिल्दैनः गभर्नर

Nepal Business

२७ असार, २०७९

४/१२ करोड नीतिमा बोल्न मिल्दैनः गभर्नर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४÷१२ करोड नीतिका विषयमा आफू बोल्न नमिल्ने बताउनुभएको छ । सोमबार अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा उहाँले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बतानउुभएको हो । 

उहाँलाई यस विषयमा समिति सभापति कृष्णप्रसाद दाहालले सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ भन्दै प्रश्न गर्नुभएको थियो । 

सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गभर्नर अधिकारीले गरेका थिए । यस नीति लगायत अन्य नीतिलाई हटाउन माग गर्दै सेयर लगानीकर्ताहरु आन्दोलित भएका थिए । तर पनि उनीहरुको माग सम्बोधन भएन । 

यस्तै उहाँले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब रहेको भन्दै आयात नियन्त्रण गर्नुपर्ने तथा खाद्य वस्तुको आयात निरुत्साहन गर्न आन्तरिक वस्तुको उत्पादन बढाउनु पर्ने बताउनुभयो । 

यसैगरी रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने विषय चूनौतीपूर्ण रहेको र यसलाई औपचारिक माध्मयबाट ल्याउनका लागि मौद्रिक नीतिको जोड हुने उहाँको भनाइ छ ।