२० बैशाख, २०८१ बिहिबार

07:38:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट घट्यो तर दायित्व बढ्यो, त्यसैले नयाँ योजना कम भए

Nepal Business

२६ असार, २०७९

जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै सरकारको नीतिअनुसार करिब ४० प्रतिशत पुराना योजनाहरु सम्पन्न हुने गरी बजेट प्रस्ताव गरेको बताउनुभयो ।

बजेट घट्यो तर दायित्व बढ्यो, त्यसैले नयाँ योजना कम भए

कर्णाली,

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट घटेसँगै दायित्व बढ्दा नयाँ योजना कम भएको बताउनुभएको छ । 

कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको २१औँ बैठकमा प्रदेशसभा सदस्यले भौतिक मन्त्रालयका शीर्षकमाथि उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै उहाँले बहुवर्षीय र क्रमागत योजनाका कारण दायित्व बढेको बताउनुभयो । 

कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको २१औँ बैठकमा प्रदेशसभा सदस्यले भौतिक मन्त्रालयका शीर्षकमाथि उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै उहाँले बहुवर्षीय र क्रमागत योजनाका कारण दायित्व बढेको बताउनुभयो । 

“सरकारले अधुरो योजना सम्पन्न गर्न नयाँ योजना कम मात्रामा ल्याएको छ”, मन्त्री रोकायले भन्नुभयो, “त्यसैले मैले चाहे र सदस्यहरुले भनेअनुसार बजेट विनियोजन हुन सकेन ।”

भौतिक मन्त्रालयअन्तर्गत रु १० अर्ब ९६ करोड बजेट भए पनि दायित्व बढेर आएका बहुवर्षीय र क्रमागत योजनामा छुट्याउँदा मात्र रु ६८ करोडका नयाँ योजनामा बजेट विनियोजन गरिएको उहाँले सभामा प्रष्ट्याउनुभयो । अधुरा योजना सम्पन्न गर्न सरकारले जोड दिएको उहाँको भनाइ थियो ।  

जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै सरकारको नीतिअनुसार करिब ४० प्रतिशत पुराना योजनाहरु सम्पन्न हुने गरी बजेट प्रस्ताव गरेको बताउनुभयो । 

आगामी आवमा खानेपानी तथा सरसफाइ, सिँचाइ तथा ऊर्जा विकाससम्बन्धी जलस्रोतको समुचित व्यवस्थापन गर्न, जलस्रोत क्षेत्रको नीति, नियम, ऐन, कानून निर्माणको तयारी गरिएको उहाँले बताउनुभयो ।