१८ बैशाख, २०८१ मंगलबार

08:28:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्दै कोरोना संक्रमण, एकै दिन थप १२१ जनामा संक्रमण पुष्टि

२६ असार, २०७९

बढ्दै कोरोना संक्रमण, एकै दिन थप १२१ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गहिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।