२० बैशाख, २०८१ बिहिबार

09:09:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनले विश्वका विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड रुपैयाँ सहयोग प्राप्त गर्ने

Nepal Business

२६ असार, २०७९

युक्रेनले विश्वका विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड रुपैयाँ सहयोग प्राप्त गर्ने

किभ । रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गरिरहेको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने जानकारी दिनुभएको हो । 

प्रधानमन्त्री डेनिसले शनिबार सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत प्राप्त हुने जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्टमार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ।

युक्रेनका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले बताउनुभयो । 

रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन् ।