१६ चैत, २०८० शुक्रबार

11:27:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा आउने

२४ असार, २०७९

साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा आउने

काठमाडौं । गोल्छा समूहले साढे ५ अर्ब लगानीमा प्राइम स्टील उद्योग सञ्चालनमा ल्याउने भएको छ । पर्साको बीरगञ्ज पोखरिया सडकखण्डमा गोल्छा अर्गनाइजेशनबाट छुट्टिएको चन्द्रकुमार (सिके) गोल्छा समूहले उक्त उद्योग सञ्चालन गर्ने भएको हो । त्यसका लागि उक्त समुहले  यही असार ९ गते उद्योग विभागमा दर्ता गराइसकेको छ ।

उद्योगको चालु पुँजी ३ अर्ब ८७ करोड र स्थिर पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । १८ विगाह क्षेत्रफलमा फैलिने अत्याधुनिक प्रविधिसहित सञ्‍चालनमा आउने यस उद्योगले ४ सय जनालाई रोजगारी दिने प्रतिवद्धता जनाएको छ ।  एक लाख केभीए प्रशारण लाइन चाहिने उद्योगमा शतप्रतिशत स्वदेशी लगानी रहने उद्योग विभागले जनाएको छ ।

उद्योगले एचआर स्ट्रप्स वार्षिक ३ लाख ९६ हजार टन उत्पादन गर्नेछ। जसमध्ये टीमएमटी छड ७९ हजार २ सय टन उत्पादन गर्नेछ। यस्तै वायर रड १ लाख १८ हजार ८ सय टन उत्पादन गर्नेछ।